काठमाडौं । दशैंको मुखमा राजधानी काठमाडौंका शिक्षक, विद्यालय कर्मचारी तथा शिक्षा कार्यालयका कर्मचारीहरुले तबल नपाउँदा अन्योलमा परेका छन् । स्थानीय निकायमार्फत भुक्तानी गर्नुपर्ने तलब समयमा पाउन नसक्दा दशैं खल्ला हुन लागेको एक शिक्षकले बताए । काठमाडौं महानगरपालिकाले भुक्तानी गर्ने तलबको अझै प्रक्रिया समेत अघि नबढेको पीडित शिक्षकहरुको भनाई छ । शिक्षक मात्रै नभएर शिक्षा कार्यालयमा दरबन्दी भएका कुनै पनि कर्मचारीले गत साउनदेखि नै तलब पाउन नसकेको गुनासो गरेका छन् । काठमाडौं महानगरपालिकाबाट जानुपर्ने बजेट हालसम्म पनि नगएको बसन्तपुरमा रहेको एक विद्यालयका शिक्षकले बताए । सरकारले जिल्ला शिक्षा कार्यालय खारेज गरी स्थानीय तहबाटै शिक्षकको तलब भुक्तानी गर्ने व्यवस्था गरेपनि दशैं नजिकिँदै आउँदा समेत तलब पाउन नसकेको गुनासो पीडित शिक्षकहरुले गरेका छन् । घटनस्थापना सुरु हुनै लागेको, दशैंको लागि नयाँ नोट साट्ने व्यवस्था समेत सुरु भइसक्दा समेत साउनदेखिको तलब नपाएपछि शिक्षकहरु दशैं मान्न ऋण काट्नुपर्ने अवस्थामा पुगेको बताइन्छ ।
शिक्षकले तलव कहिले पाउछन् ?
सवाल नेपालसंवाददाताआइतबार, २० असोज २०७५

शिक्षकले तलव कहिले पाउछन् ?
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



