विगत ७ बर्ष देखि झापा दमकमा रहेर विभिन्न अभियानहरु गर्दै आइरहेको सक्रिय सस्था दमक पब्लिक लाइब्रेरीले हिजो आफ्नो स्थापनाको दोस्रो साधारण सभा सम्पन्न गरेको छ ।

पठन सस्कृतिको विकास सङै समाजलाई आधुनिक समय सङै रुपान्तरणको शृङ्खलामा अनवरत यस लाइब्रेरीले स्थापना देखिनै विभिन्न सामाजिक सास्कृतिक तथा युवा लक्षित नेतृत्व तथा ब्यक्तित्व विकास सम्बन्धि का विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । उद्यमशील बहस, वक्ताहरुको कुनो,साहित्य सिर्जनामुलक कार्यक्रम श्रष्टासङ साहित्य जस्ता विभिन्न कार्यक्रमहरु मासिक रुपमा नियमित गर्दै आइरहेको छ ।बालबालिकाहरुलाई पनि समाज साहित्य भाषा र सिर्जना सङै राखेर समाज प्रती जिम्मेवार जवाफदेही र सकारात्मक बनाउन विगत एक बर्ष देखि लाइब्रेरीमा दमक पब्लिक लाइब्रेरी बाल क्लबको स्थापना गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसरी समाजलाई युवा र युवालाई समाज सङ जोडिरहेको दमक पब्लिक लाइब्रेरीले हिजो दोस्रो चुनाबी साधारण सभा कन्चनजघा सहकारी सस्थाको हलमा सम्पन्न गरेको छ ।यस सस्थाका सस्थापक अध्यक्ष भेषराज न्यौपानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य अर्जुन राई प्रमुख अतिथि रहनु भएको थियो।कार्यक्रममा दमकमा सामाजिक तथा राजनैतिक ब्यक्तित्व गगन पुरीले शुभकामना सङै आफ्नो मन्तव्य राख्नु भएको थियो।प्रकाश अधिकारी ,बिमल शर्मा ,चन्द्र खत्री ,मोहन ढकाल,प्रकाश बुढाथोकीले लाइब्रेरीको सफलताको शुभकामना राख्नु भएको थियो।

कार्यक्रममा लाइब्रेरी अध्यक्ष भेषराज न्यौपानेले आफ्नो प्रगती विवरण प्रस्तुत गर्नु भएको थियो भने सस्थाका कोषाध्यक्ष देबेन्द्र प्रसाइले सस्थाको आर्थिक विवरण सभामा प्रस्तुत गरि आगामी योजनालाई पारित गर्नु भएको थियो।

भेषराज न्यौपानेलाई नै पुनः एक कार्यकालको नेतृत्व चयन गरेको उक्त सभाले उपाध्यक्षमा जीवन सापकोटा ,सचिबमा हरि सिटौला ,सह सचिबमा गणेश न्यौपाने ,कोषाध्यक्षमा देबेन्द्र प्रसाईं लाई र सदस्यहरुमा भरत चम्लागाइ ,धर्मेन्द्र घिमिरे ,प्रकाश अधिकारि र पुष्प नेपाल लाई तीन बर्षको लागि सर्व सम्मत चुनेको थियो।