काभ्रे ।
काभ्रेमा दुई बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिक्षक शंकर पहरी रहेको प्रहरीले जनाएको छ । उनी सामाजिक तथा नैतिक शिक्षा पढाउने शिक्षक हुन् ।
कक्षा ५ मा अध्ययनरत ९ वर्षीया दुईजना छात्रालाई एकवर्षदेखि बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ
पीडितको जाहेरीका आधारमा शिक्षक पहरीलाई पक्राउ गरी थप अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका रविराज खड्काले जानकारी दिए । अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराइएको छ ।
जाहेरीमा शिक्षक पहरीले केही महिनादेखि खाजा खाने समय, स्कुलबाट छुटेर घर जाने समयमा उनीहरुलाई पटकपटक बलात्कार गर्ने गरेको आरोप लगाइएको छ ।
शिक्षकले दुई मध्ये एक बालिकालाई कक्षा ४ देखि नै संवेदनशील अंग चलाउने, छुने जस्ता क्रियाकलप गर्दै आएको आरोप छ । टिभी अन्नपूर्ण बाट










