नवलपरासी – नवलपरासीको हुप्सेकोट गाउँपालिकामा नेकपाका कार्यकर्ताले तालाबन्दी गरेका छन् । गाउँपालिकाले जारी गरेको विद्येकप्रति असन्तुष्टि जनाउँदै नेकपाका नेता कार्यकर्ताले तालाबन्दी गरेका हुन् ।
गाउँपालिकाले झण्डै डेढ महिनाअघि जारी गरेको शिक्षक विद्येकप्रति असन्तुष्टि व्यक्त गर्दै केही समयदेखि नेकपा हुप्सेकोट गाउँ कमिटिले आन्दोलन गर्दै आएको थियो । नेकपा हुप्सेकोट गाउँपालिका संयोजक चन्द्र थापा मगरका अनुसार गाउ“पालिका अध्यक्षले शिक्षा विद्येकको राजनीतिक रुपमा प्रयोग गरी विभिन्न विद्यायलयमा यसअघि गाउ“भेलाबाट गठन गरिएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हटाउँदै आफू निकट व्यक्ति राखिएको आरोपमा गाउँपालिका अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरिएको हो । उहाँका अनुसार गाउँपालिका भित्रका ६ वटा विद्यालयमा यसरी शिक्षा विद्येकलाई देखाउँदै अध्यक्षलाई हटाइएको छ ।
गाउँपालिकाले बहुमतका आधारमा अन्य सरोकारवाला र प्रतिपक्ष दलसँग छलफल नगरी विद्येकहरु जारी गरेको संयोजक मगरको आरोप रहेको छ । गाउँपालिकाले शिक्षा श्रोत व्यक्तिलाई समेत राजनीतिक हस्तक्षेप गर्ने गरी शिक्षा समन्वयकर्ता भनेर राख्ने प्रावधान राखिएको संयोजक मगरले बताउनुभयो ।
उज्यालो बाट










