मोरङको पथरी शनिश्चरे निवासी ईश्वर दुलाल पुर्वमा निकै चलेका मान्छे हुन् । स्कुल क्षेत्रबाट अभिनयमा प्रवेस गरेका उनि स्थानियमा हुने विभिन्न साँस्कृतिक कार्यक्रममा सहभागी हुदै अभिनयमा आफुलाई चिनाए । हाँस्न पाईन ” हाँस्य सिरियलबाट आफ्नो अभिनय यात्रामा लागेका ईश्वर दुलाल आजभोली अभिनय यात्रामा व्यस्त रहेका छन् । यस सिरियलमा २३ भागसम्म अभिनय गरेका दुलाल हिमशिखर टेलिभिजन कै अर्को हाँस्य सिरियल “दोबाट प्रवेश गरे ।
उन्ले यस सिरियलमा पनि १०१ भागसम्म अभिनय गरेका छन । हाँस्य सिरियलमा राम्रो नाम चम्काएका दुलाल “बाठो मान्छे” र “टायम पास ”मा समेत अभीनय र सहा गरिरहेका छन् । त्यस्तै “ सुसाईड,” “साँचो माया, भाईको माया ” लगायत दर्जनौ सट मुभीमा आभीनय लगाय छोटो चलचित्रमा सहायक निर्देशकको समेत काम गरिसकेका छन् ।
त्यस्तै आधा दर्जन भन्दा बढी म्युजिक भिडियो समेत सहायक निर्देशक गरेका छन् । केहि सिरियल र म्युजिक भिडियोको काम भईरहेको दुलालले बताए । आफुलाई यो स्थानसम्म पुर्याउन बुवा ,आमा,दाजु र परिवारको सपोर्ट रहेको ईश्वरकोे भनाई छ । परिवारको सहयोग नभएको भए यो ठाउमा आउन सक्दिन थिए होला,ईश्वर भन्छन् ।





