इटहरी । कोठा खोज्ने बहानामा घरमा चोरी गर्ने १ महिलालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ ।

केही समय देखि ईटहरीका बिभिन्न स्थानहरुमा एक महिला कोठा खोज्न आउने बहाना बनाउदै घरमा कोही नभएको मौका छोपी चोरी गर्ने गरेको भन्ने स्थानीयवासीको गुनासो आउन थाले पछी संभावित महिला माथी निगरानी बढाएको प्रहरी टोलीले २० गते बेलुका ईटहरी उपमहानगरपालिका-५ रक्तमाला टोलबाट २० बर्षीया सरस्वती बि.क.लाई पक्राउ गरेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पक्राउ परेकी बि.क. को साथबाट प्रहरीले ६ तोला सुन र ७४ हजार नगद बरामद गरेको छ भन्ने अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।