सरकारले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या सम्बन्धमा छानवीन गर्न गठित उच्च स्तरीय समितिकाे प्रतिवेदन सार्वजनिक गरेको छ।
गत भदौ ७ गते सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित समितिले १ महिना लगाएर घटनाबारे अध्ययन गरी तयार पारेको प्रतिवेदन केहीबेर अघि सार्वजनिक गरिएको हो।
प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कञ्चनपुर लगायत देशभरीबाट दबाब बढेपछि गृहमन्त्रालयले अाइतबार सार्वजनिक गरेको हो।
बबिता भन्ने अनिता बम र रोशनी भन्ने अाँचल बमको घरमा गएकी निर्मला घर फर्किएर अाएकी थिइनन्। धेरैले बम दिदीबहिनीमाथि शंका गरेपनि उनीहरु निर्दोष रहेको भन्दै प्रहरीले यसअघि नै छोडिसकेको छ। छानबिन समितीलार्इ उनीहरुले दिएको बयान यस्तो छ:
बबिता भन्ने रोशनी बम(वर्ष २१/२३) : साउन १० गतेसाँझ म ट्यशुन पढेर घर फकेको थिए । ७ वजेतिर निर्मलाकी आमा आएर वाहिर गेटवाट चिच्याउदै गाली गर्न थाल्नुभयो। निर्मलालाइ केही भए तिमीहरु जिम्मेवार हुनुपर्दछ मैले “तिम्री छोरी कहाँ गइ हामीलाइ के थाहा? पोइला पो गइन कि, हामी कसरी जिम्मेवार हुन्छौ” भनेकी हुँ। यी कुराहरु मैले अवेशमा आएर भनेकी हुँ । एस.पी. (दिलिपराज विष्ट) लाइ म चिन्दिन, यही आएर दखेको हुँ। उहाँको घरपनि दार्चुला नै रहेछ। यो घटनामा मेरो कुनै दोष छैन।
रोशनी भन्ने आचल बम (मतृककी साथी, वर्ष १४) : साउन ९ गते म निर्मलाको घरमा गएर चटपटे खाएँ। निर्मलासँग १० गते मेरो घरमा सँगै बसेर होमवर्क गर्ने सल्लाह भयो। ११ गते अन्दाजी ११.०० बजेतिर निर्मला साइकल चढेर हाम्रो घरमा अाइन्। सँगै बसेर केहीवेर होमवर्क गर्यौं, उनीले केहीवेर टिभी पनि हेरिन्। अन्दाजी २ वजेतिर केही अम्वा लिएर फर्किन। अघिल्लो दिन खाएको चटपटेको दिनुपर्ने रु 20 पनि दिएर पठाएको हुँ। यस्तै ५ वजेतिर निर्मलाकी अामा अाएर सोध्नु भयो मैले उनी अघि नै घर फर्केको कुरा वताए पछि उहाँ फर्कनुभएको हो। फेरि ७ वजेतिर पनि अाएर वाहिरवाटै गाली गरेर फर्कनुभएको हो।











