दमक/झापाको लायन्स क्लव अफ दमक माउण्ट एभरेष्ट र युनाइटेडले आज एक कार्यक्रमबीच इलामको चुलाचुलीस्थित किरात चोलुङ आधरभुत बिद्यालयमा शैक्षिक सामाग्रि बितरण गरेको छ ।
अति बिपन्न आदिबासी जनजाती र दलित समुदायका बिद्यार्थीहरुको बाहुल्यता रहेको बिद्यालयमा पठनपाठनका लागि आवश्यक शैक्षिक सामाग्रि सहित खेलकुदका केहि सामाग्रिहरु प्रदान गरिएको क्लवका अध्यक्ष चन्द्र गजमेरले बताए ।
यस बिद्यालयमा खानेपानीको समेत समस्या रहेको पाइएकाले उक्त समस्या सामधानका लागि सहयोग गर्नका लागि थप छलफल भइरहेको सो अवसरमा गजमेरले बताएका थिए ।










