दमक/लायन्स क्लव अफ लखनपुरले झापाको गौरादहस्थित लालकल्याण स्कूल गौरादहमा इलर्निङमा सहयोग पुगोस भनेर यसका लागि आवश्यक टिभि प्रदान गरेको छ ।
सोमबार नगर प्रमुख रोहितकुमार शाहको प्रमुख आतिथ्यमा एक कार्यक्रमबीच इलर्निङका लागि आवश्यक टिभी प्रदान गरिएको क्लवका ज्ञानु पौड्यालले बताएकाछन् । पौड्यालका अनुसार सामुदायिक बिद्यालयमा सहयोग गरिएको हो ।
लायन्स क्लव अफ इन्टरनेशनलका ओएजी डा.तीलक खनाल समेतको उपस्थितिमा भएको कार्यक्रममा क्लब अध्यक्ष प्रमोद शर्मा, निवर्तमान अध्यक्ष धर्मानन्द भट्टराइ लगायतको उपस्थिति थियो ।










