काठमाडौं । नेपालीहरुको महान् पर्व दसैंको मुखमा बझाङको बाग्थलादेखि बिजगडा तर्फ जाँदै गरेको से १ ज ७२६ नम्बरको जिप दुर्घटना भएको छ । दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
थप १२ जना घाइते भएका छन् । मृतकको सनाखत हुन सकेको छैन । जिप दुर्घटना के कति कारणले भएको हो भन्नेबारे थाह हुन सकेको छैन । त्यसबारे पहरीले अनुसन्धान गरिरहेको छ । घटनाको थप विवरण आउन सकेको छैन, एभरेस्ट दैनिक बाट










