काठमाडौं । मूख्यतया महिलाको आकर्षणसंग जोडिएका विभिन्न अंगहरु जस्तै अनुहार, शरीरिक बनावटसंगै पुष्ट वक्षस्थलले पनि पूरुषलाई ज्यादै आकर्षित पार्ने गर्दछ ।

खासगरी विदेशी समाजमा महिलाको स्तनको विकसित रुप अर्थात ठूला स्तनलाई बढी आकर्षणको केन्द्रविन्दु मानिन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसैगरी विस्तारै नेपाली समाजले पनि विदेशी नक्कल गर्ने गरेको थोरबहुत पाइने गरेको छ । जसरी विदेशी समाजका पुरुषहरू ठूला स्तन र ठूलो हीपप्रति आकर्षित हुने गर्दछन् भने त्यसैको सिको नेपालमा पनि गर्न थालेको पाइन्छ ।

यसैले होला महिलाको सौन्दर्यकला तथा आत्मसम्मान स्तन तथा हीपसँग जोडिएको संस्कृतिको विकास नेपालमा पनि नभएको होइन ।

स्तन महिलाको एक सहायक प्रजनन अङ्ग हो भने वक्षस्थलका दुईवटा ग्रन्थीहरु शिशुको पोषणका लागि जति महत्वपूर्ण अंग हुन् । यौनिक दृष्टिकोणले पनि महिलाको वक्षस्थल एकदमै महत्वपूर्ण अंगको रुपमा गनिन्छ ।

शिशुको पोषणका लागि आवश्यक दुध उत्पादन गर्ने भएको हुनाले नै यसलाई सहायक प्रजनन अङ्गको रुपमा लिईएको छ भने स्तन यौन आनन्द दिने प्रमुख अङ्ग पनि हो ।

महिलाको स्तन अथवा वक्षस्थलको विषयमा पनि विवाद चलिरहेको पाइन्छ । कोही महिला आफ्नो स्तन सानो भएकोमा चिन्तित हुन्छन् भने कोही आवश्यकभन्दा ज्यादा ठूलो भएकोमा चिन्तित हुने गरेको पाइन्छ ।

तर ठूलो हो या सानो होस् महिलाको स्तनको आकारको विषयमा सबैभन्दा ठूलो चिन्ता वा चासो केवल आफ्नो यौन साथीलाई आकर्षिक गर्ने नै हो ।

यौनका विषयमा पूर्ण ज्ञान नभएका केहि व्यक्ति ठूलो स्तन भएकी महिलाले भोलि बच्चा जन्मे पश्चात स्तनपान गराउँदा बढी मात्रामा दूध आउँछ र बच्चा स्वस्थ रहन्छ भन्ने भ्रममा समेत परेको देखिन्छ । तर दूधको मात्रामा सानो ठूलो स्तनको कुनै प्रकारको भूमिका हुँदैन भन्ने चिकित्सकहरुको भनाई रहेको छ ।

पौराणिककालदेखि नै संभोगकलामा स्तनको छुट्टै महत्व रहेको बुझिन्छ किनकि स्तनको स्पर्शले पुरुषलाई यौन उत्तेजना दिन्छ भने महिलालाई पनि यौनानन्द प्राप्त हुन्छ ।

स्तनको सम्पूर्ण भाग यौन संबेदनशील भएतापनि विशेषगरी यसको मुण्टो (एरोला) को वरिपरिको भाग यौन संबेदनशीलतासँग जोडिए हुन्छ । त्यसकारण यसको स्पर्शमा महिलाहरुले परम आनन्ददायी अनुभूति पाउने गर्दछन् ।

स्तनको मुण्टोलाई केहीबेर खेलाएपछि यो कडा तथा उत्तेजित हुन थाल्दछ । महिलालाई स्तनको आकार सानो वा ठूलो जे भएपनि यौन सुख तथा आनन्द पाउने कुरामा कुनै फरक पार्दैन ।

यसर्थ स्तन केहि सानो हुँदैमा संभोगमा कम आनन्द आउला भनेर चिन्ता लिनु आवश्यक छैन । कतिपयलाई बैबाहिक जीवनमा असर पर्छ कि भन्ने चिन्ता हुन्छ तर यो त त्यो व्यक्तिले विवाह गर्ने व्यक्तिसंगको सम्बन्ध र उसको अपेक्षामा निर्भर रहन्छ।

यहि समाजमा ठूला आकारका स्तन भएका कति महिलाका बैवाहिक जीवन सुमधुर नहुन सक्छन् भने कति साना स्तन भएका महिलाको सुमधुर सम्बन्ध रहेको हुन सक्छ ।

स्तनको आकार ठूलो वा सानो आफै मात्र यसको निर्णायक आधार होईन । यस सँग बाल्यकालमा उसले खाने गरेको पौष्टिक आहार या त प्राकृतिक रुपमा नै उसले लिएर आएको बंशाणुगत विशेषतामा निर्भर रहन्छ ।

प्रकृतिले दिएका कतिपय कुरामा चित्त नबुझे पनि त्यसमा केही गर्न सकिने अवस्था नरहन सक्छ । यसर्थ आवश्यकता विहिन रुपमा पीर लिएर बस्नु कुनै बुद्धिमानी होईन ।

आफ्नो मन बलियो बनाई आफ्नो शारीरिक स्वरुपप्रति सजक भई आफूमा भएको अन्य प्रतिभा तथा व्यक्तित्व विकासमा जोड दिँदै अगाडि बढ्नु सबैभन्दा बुद्धिमानी हो ।

केहि ठूला देखिने स्तन्प्रति पूरुषको आकर्षण बढ्नु भनेको क्षणिक तथा प्राप्ती नहुन्जेलको आकर्षण मात्र हो ।

अझ यसलाई भन्नुपर्दा देखावटी आकर्षण मात्र हो भन्दा पनि फरक पर्दैन । जुन क्षणिक हुन्छ । सानै स्तन भएका महिलाले पनि आवश्यक रोलप्लेको माध्यमबाट पुरुषलाई पूर्ण यौनमा सन्तुष्टि दिन सक्छन् ।

देख्दा र कल्पना गर्दाका बखतमात्र ठूलो स्तनप्रति पूरुष आकर्षित हुने गर्दछन् । तर यौन सन्तुष्टि र यौन जीवनमा ठूलो या सानो स्तनको खासै भिन्नता भएको पाइन्न ।

–एजेन्सी