दमक/दमकको शुभकामना सहकारी संस्थाले स्थापना गरेको ‘शुभकामना पत्रकारिता पुरुस्कार एवं सम्मान’ दमकमा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आउनु भएका पत्रकार बिष्णुप्रसाद पोखरेललाइ प्रदान भएको छ ।

गोरखापत्र दैनिकका समचारदाता एवं सवाल नेपालका सम्पादक बिष्णुप्रसाद पोखरेलाइ उक्त पुरुस्कार सहितको सम्मान बुधबार एक कार्यक्रमबीच प्रदान गरिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमकको मारवाडि सेवा सदनमा भएको सहकारीको छैठौ बार्षिकोत्सव तथा साधरणसभाको अवसर पारेर पोखरेलाइ पुरुस्कार सहितको सम्मान प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली र संस्थाका अध्यक्ष चन्द्र गजमेरले पोखरेललाइ दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

पुरुस्कारको राशि ५ हजार १ सय ११ रहेको छ । संस्थाका अध्यक्ष चन्द्र गजमेरका अनुसार प्रत्येक बर्ष दमकमा उत्कृष्ठ पत्रकारिता गर्ने पत्रकारलाइ यो पुरुस्कार एवं सम्मान प्रदान गरिदै लैजाने छ । पोखरेलले यस क्षेत्रमा दिएको योगदानलाइ कदर गर्दै यो पुरुस्कार र सम्मान प्रदान गरिएको उनले बताएका थिए ।