दमक/झापाको दमकमा रहेको शुभकामना सहकारी संस्थाले एक बर्षको अवधिमा कारोबारमा ४ सय प्रतिशतले बृद्धि गरेको पाईएको छ । पाँचौ साधरणसभाबाट छेठौ साधरणसभामा आइपुग्दा ४ सय प्रतिशतले कारोबारमा बृद्धि भएको सहकारीका अध्यक्ष चन्द्र गजमेरले आर्थिक प्रतिबेदनमा उल्लेख गरेकाछन् ।
१९ सय ९८ सदस्य रहेको सहकारी संस्था कुल शेयर पुजी ३६ लाख ९३ हजार २ सय पुर्याएको छ । एकबर्ष अघिसम्म थरमर अवस्थामा चल्दै आएको सहकारी नयाँ ब्यवस्थापनका साथ आधुनिक भवनमा सरेर कारोबार शुरु गरेको थियो । सहकारीका सदस्यहरुको बिश्वास बढ्दै गएको र यसलाइ आउदो बर्ष पनि यसरी बढाउने गजमेरले बताए ।
दमकको मारवाडि सेवा समितिको हलमा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिति रोमनाथ ओलीले सहकारीले प्रगतीको पथमा जान थालेको देखिएको जनाउदै थप प्रगतीको कामना गरेका थिए । उनले सहकारीलाइ उद्यमशीलताको क्षेत्रमा लगानी गर्नका लागि सुझाव समेत दिए ।
दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले सहकारी क्षेत्रसंग बाणिज्य संघ पनि हातेमालो गरेर रचानत्मक काम लाग्न सक्ने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे ।











