२३ डिसेम्बर २०१६ मा रिलिज भएको आमिर खानको फिल्म ‘दंगल’ले बलिउड बक्स अफिसमा नयाँ रेकर्ड कायम गरेको छ । फिल्मले २९ दिनमा बलिउड बक्स अफिसमा ३७५ करोड ब्यापार गरेको छ । दंगल बलिउडमा अहिलेसम्म सबै भन्दा धेरै ब्यापार गर्ने फिल्मको रुपमा दरिएको छ । आमिरकै फिल्म पीकेले ३३९ करोड ब्यापार गरेको थियो ।
टे्रड एनालिस्ट लरण आदर्शका अनुसार दंगलले शुक्रवार १.१९ करोड ब्यापार गरेको दंगलले ३७६.१४ करोड ब्यापार गरेको छ । फिल्म निर्देशक नितेश तिवारीले पनि पाँचौ हप्तामा ३७५ करोड ब्यापार पार गरेको पुष्टि गरेका छन् ।
‘दंगल’ मा पहलमान महावीर सिंह फोगाटको जीबनमा आधारित फिल्म हो ।



