नेपालको वर्षौको रेल सपना पूरा हुँदै गएको छ । भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) सहित रेल जनकपुर आइपुगेको छ ।

बुधबार दिउँसो ब्लास्ट बोकेको ५३ र्‍याकसहितको रेल जनकपुर आइपुगेको हो । तयारी अवस्थामा रहेको लिकभित्र राख्न ब्लास्ट भारत पाखौर झारखण्डबाट मालबाहक रेलमा ल्याइएको रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख इन्जिनियर विनोद कुमार ओझाले जानकारी दिएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रतिघण्टा १० किलोमिटरको गतिमा आएको मालवाहक रेलको याकमा लोड गरिएको ब्लास्ट मजदुरहरुले लिकमा झार्दै आएका थिए ।

भारत सरकारको सहयोगमा निर्माण भएको कर्था–जनकपुर–जयनगर रेल्वे अन्तर्गत जयनगरबाट जनकपुरसम्म मालबाहक रेल आएको हो । यसअघि लिक परीक्षणका लागि टोम्पिङ चलाइएको थियो ।

पहिलोपल्ट आफ्नै भूमिका रेल आएपछि सर्वसाधरणले निकै उत्साह र रुचीका साथ उक्त दृष्य नियालेका छन् । कृषि उत्पादनमा कहलिएको यो क्षेत्रमा रेल नियमित हुन थालेपछि कृषि उत्पादनको बजार बढ्ने स्थानीयको आशा छ ।