काठमाडौं, २४ असोज । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले ताप्लेजुङ पुगेर चुनावी सभामा जनतामा गरेको प्रतिबद्धता पूरा गर्न बताएका छन ।

युवा नेता योगेश भट्टराईलाई मन्त्री बनाएरै छाड्ने घोषणा पनि गरेका छन । ‘मैले केपीजीले ताप्लेजुङ पुगेर गर्नुभएको घोषणा युट्युबमा हेरेको थिएँ, उहाँले योगेशजीलाई तोकेरै मन्त्री बनाउने घोषणा गर्नुभएको रहेछ, प्रचण्डले भने,‘हामीले अहिलेसम्म त्यो जिम्मेवारी पूरा गर्न भ्याएका छैनौं, केपीजी र म मिलेर त्यो घोषणा एक दिन पूरा गरेरै छाड्छौं ।’ प्रचण्डले भने् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पाथीभरा सद्भावना दूत परिचयपत्र वितरण तथा दशैं, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेकपा अध्यक्ष प्रचण्डले आफूले प्रधानमन्त्रीसँग गम्भीर छलफल गरिरहेको भन्दै केही दिनभित्रै महत्वपूर्ण निर्णय लिने बताए ।

‘आज विहानमात्रै प्रधानमन्त्री निवासमा गम्भीर छलफल गरेका छौं । रामै्र गृहकार्य गरेर महत्वपूर्ण निर्णय लिने योजनामा छौं’ उनले भने ‘सुशासनको पक्षमा, विकासको पक्षमा लिनैपर्छ भन्ने छलफल केन्द्रित भएका छन् ।’

नेकपाले आफ्नो कामको समीक्षा गर्दै कमी कमजोरी सच्याएर अघि बढ्ने समय रहेको भन्दै उनले निराश नहुन आग्रह गरे ।