दमक/दमकको मारवाडि सेवा समितिले आफ्नो कार्यक्रमहललाइ आकर्षक बनाएको छ । दमकमा हुने कार्यक्रमहरुलाइ लक्षित गरेर मारवाडि सेवा समितिले पुरानो कार्यक्रमहललाइ आकर्षक र सुविधा सम्पन्न बनाएको पाईएको हो ।

एयर कन्डिसन सहित आधुनिक र आकर्षक रुपमा कार्यक्रम हल बनाएपछि कार्यक्रम गर्नका लागि थप आकर्षण भएको मारवाडि युवा अगुवा राज अग्रवालले बताएकाछन् । यहाँ बिभिन्न सार्वजनिक कार्यक्रम तथा विवाह लगायतका धेरै कार्यक्रमहरु हुदै आएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

केहि समयअघि सम्म कार्यक्रमहरु गर्नका लागि घुइचो हुने गरेको मारवाडि सेवा समितिमा पछिल्लो समयमा चाम घटेपछि समयसापेक्ष परिवर्तन गरेको बताइन्छ ।