दमक/प्रधानमन्त्री कृषि आधुनिकरण कार्यक्रम धान सुपरजोन बनियानीका प्रमुख बरिष्ठ कृषि बिकास अधिकृत मेघनाथ तिम्सिना यहाँ बाट बिदा भएकाछन् । उनको सरुवा चितवनको मौरी सुपरजोनमा भएपछि बिदा भएकाहुन् ।

तिम्सिनालाइ कमल गाँउपालिकाको कृषि पढाइ हुने सरस्वती माबिले कामको प्रशंशा गर्दै सम्मान समेत गरेको छ । कमल गाँउपालिका अध्यक्ष मेनुका काफ्लेले उनलाइ सम्मान गरेकी थिइन् ।

किसानमैत्री भएर यस क्षेत्रका बासिन्दाको मन जितेका उनि जाँदा किसानहरु धेरै भावुक भएकाछन् । उनले यस क्षेत्रमा कृषिमा नयाँ अध्याय शुरु गरेको किसानहरु बताउछन् । धान सुपरजोन सञ्चालक समितिका अध्यक्ष नवराज भट्टराइ सामाजिक सञ्जाल फेसबुकमा लेख्नछन्-कृषिमा अाधुनिकरण ,प्रबिधि को बिस्तार मा सधैंभरि कृषक माझ रमाउने कर्तब्य निष्ठ राष्ट्रसेवक मेधनाथ तिम्सिना प्रधानमन्त्री कृषि अाधुनिकरण परियोजना धान सुपरजोनको प्रमुख रहदा सुरुवात दिनका सारा अप्ठ्यारा लाई छिचोल्दै दिगो ,ब्बसायिक कृषि बिकास कसरी गर्ने,खाध्यानमा देशलाई अात्मनिर्भर बनाउन हाम्रो योगदान के हुन सक्छ ,उत्पादन लागत कम गराउने हरेक नवितम प्रविधिको खोजि राज्यको सोच अनुसार सधैं सञ्चालक समिति ,सहकारी ,समुहहरु लाई उत्प्रेरणा दिनु हुने तपाईं बाट कचनकवलमा रहदा जे जति सिकाई भएका छन् सबै सिकाईमा ब्बहारमा लागू गर्ने हाम्रो प्रयत्न सधैं रहने छ। तपाई ले देखाउनु भएको बाटो अविरल तवर वाट बगिरहने छ। तपाईं लाई बिदा गर्दाको क्षण दुखत् भए ता पनि तपाईं बाट प्राप्त ज्ञान सीप अनुभवबाट हामी लाई थप उर्जा हासिल भएको छ। यहाँको अागामि जीवन अझ देश को रकृषि प्रेमि जनताको जीवन स्तर उठाउन अझ शशक्त ढंगले अघि बढ्नु होस् लाखौंलाख शुभकामना छ। मेधनाथ सर हजुरलाई कचनकवलको माया सधैंभरि रहिरहने छ।