दमक/मानसिक समस्यालाइ लुकाउनुको सट्टा समयमा नै यस बिषयमा खुलेर परामर्श तथा उपचार गर्न सके मानवीय क्षति हुनबाट रोक्न सकिनेमा जोड दिईएको छ ।
झापाको दमकमा विश्व मानसिक दिवसको अवसरमा टिपिओ नेपाल, युथ नेटवर्क ,दमक पब्लिक लाइब्रेरी, दमक नगरपालिकाको आयोजना भएको कार्यक्रममा सहभागिहरुले मानसिक स्वास्थ्यको बिषयलाइ गम्भिर रुपमा लिइनु पर्नेमा जोड दिएकाछन् ।
आत्महत्याका घटनाहरु समेत मानसिक स्वास्थ्यसंग जोडिएको जनाउदै यस बिषयलाइ अब बहसको बिषय बनाउदै कार्यक्रमहरु समेत तर्जुमा गर्नु पर्नेमा सहभागिहरुको जोड रहेको मनोसामाजिक परामर्शदाता समेत रहेका गोबिन्दराज कट्टेलले बताएकाछन् ।
कार्यक्रममा दमक नगरपालिका उपप्रमुख गीता अधिकारी, इलाका प्रहरी कार्यालय दमक प्रमुख श्यामल सुब्बा, युएनएचसिआरकी संगिता खतिवडा, दमक पब्लिक लाइब्रेरीका अध्यक्ष भेषराज न्यौपाने र टिपिओ नेपालका बिमल आचार्य लगायतले बोलेका थिए ।










