दमक /दमक युथ क्लवले दमकमा दुर्गा पुजा शुभारम्भ गरेको छ । राधाकृष्ण मन्दिर दक्षिण पुरानो बाणिज्य बैक भएको ठाँउमा आकर्षक पण्डाल बनाएर दुर्गा पुजा शुभारम्भ भएको हो ।

क्लवका अध्यक्ष संजित रौनियारका अनुसार दुइदशक अघिदेखि निरन्तर रुपमा यहाँ दुर्गा पुजा गरिदै आएको र यस बर्ष पनि शुरु भएको हो । यसलाइ सामुहिक दुर्गा पुजाको रुपमा हेरिदै आएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्गा पुजालाई  भप्य ढंङ्गमा सफल बनाउन विषयगत उपसमितिहरु गठन गरिएको छ ।नेपालीहरुको महान चाँड बडा दशैंमा दमकमा उत्सवको रुपमा दुर्गा पुजा आयोजना हुदै गरेको छ ।

काजी लाम्गादेको संयोजकत्वमा आर्थिक समिति, पारषमणि आचार्यको संयोजकत्वमा प्रचार प्रसार समिति, अञ्जन श्रेष्ठको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, राजकुमार रौनियारको संयोजकत्वमा पुजा तथा आरती समिति गठन गरिएको बताए ।

त्यस्तैं, राजु श्रेष्ठको संयोजकत्वमा रेखदेख, अनुगमन तथा स्वयंसेवक परिचालन समिति, गुमानसिंह तामाङको सयोजकत्वमा सुरक्षा समिति र पवन अग्रवालको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ ।