दमक/पुर्व उपप्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला झापाको दमकस्थि संगम स्वीट्समा हिजो साँझ देखिएको जनाईएको छ । उनले दमकका काँग्रेसका युवा नेताहरुसंग खाजा खाएका थिए ।

बिराटनगरबाट भद्रपुर आउने क्रममा सिटौलाले दमकका युवा नेताहरुलाइ संगम स्वीट्समा भेट गरेका थिए । उक्त भेटमा नेपाली काँग्रेस नगर सभापति रोशन बिष्ठ, तरुण दलका क्षेत्रिय अध्यक्ष गोकुल श्रेष्ठ, जिल्ला सदस्य बिक्रम अधिकारी लगायत रहेको बताईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
कुनै औपचारिक कार्यक्रम नभएर चिया नास्ताका लागि सिटौला दमकमा केहि बेर रहेको उक्त भेटमा सहभागि एक स्थानीय नेताले बताएका छनत् । उनका अनुसार समसामयिक बिषयमा संक्षिप्त कुराकानी समेत भएको थियो ।