काठमाडौं, २५ असोज । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौं ७ मा नेकपाका नेता वामदेव गौतमलाई कांग्रेसले हराइदिने चेतावनी दिएका छन् ।
नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै शर्माले वामदेव गौतमलाई कांग्रेसले कुनै पनि हालतमा पराजित गर्ने गराइदिने बताए । शर्माले वामदेवका लागि गर्ने भनिएको उपनिर्वाचनमा कांग्रेसको विमती रहेको बताए ।
शर्माले काठमाडौं ७ को निर्वाचनमा आफू उम्मेदवार नबन्ने बताए । ‘कांग्रेसका पराजित नेताहरू काठमाडौं ७ मा उम्मेदवार बन्दैनन्’, उनले भने, ‘म झापाबाट पराजित भएको हुँ । काठमाडौंबाट उम्मेदवार बन्दैन ।’
‘उहाँहरूले झण्डै दुई तिहाई मत पाउनु भएको छ । किन ल्याउनु प-यो वामदेवलाई ? रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि संसदमा नहुँदा हुने । वामदेवलाई किन संसद चाहिने ? नारायणकाजी श्रेष्ठ पनि नचाहिने ?’, प्रवक्ता शर्माले भने, ‘केपी ओली र प्रचण्डले वामदेव नहुँदा देश चलेन भन्नु प-यो । हामी प्रधानमनत्री बन्यौँ । वामदेवलाई प्रधानमनत्री बनाउन ल्याउन प-यो भनौँ ।’










