युवाबीच भएको ग्याङ फाइटमा युवकको मृत्यु भएपछि आफन्तले शव बोकेर प्रदर्शन गरेका छन् ।

बुधबार भएको ग्याङ फाइटमा गम्भीर घाइते राजविराज–१ डुमरी शिवथानका २५ वर्षीय प्रेम यादवको उपचारक्रममा आज मृत्यु भएपछि आफन्तले शव प्रदर्शन गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गम्भीर घाइते यादवलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरिएकामा उपचारकै क्रममा मृत्यु भएपछि आफ्न्तले दोषीमाथि कारबाही माग गर्दै प्रदर्शन गरेका हुन् । जयप्रकाब यादव, आनन्दकुमार यादव, नागेश्वर यादव, राजराम, ओमप्रकाश यादव, सञ्जय यादव, धर्मेन्द्र यादव मन्जेस सिंह, मिथलेश यादव र सरोज यादवले छोराको हत्या गरेको मृतकका बाबु भनालालको आरोप छ ।

सप्तरीका डिएसपी भावेश रिमालले घटनाबारे अनुसन्धान भइरहेको बताउनु भयो । घटनामा संलग्नहरु पक्राउ परेका छैनन् ।जनता समाचार बाट