दमक/लायन्स क्लव अफ दमक माउण्ट एभरेष्ट र युनाइटेडले अपाङ्ता भएकाहरुको प्रदेश नं. १ को प्रथम अधिवेसनलाइ १५ हजार नगद सहयोग गरेको छ । अधिवेसनमा सहभागिहरुको एकदिनको खानाका लागि यो सहयोग गरिएको माउण्ट एभरेष्टका अध्यक्ष चन्द्र गजमेरले बताएकाछन् ।
युनाइटेडका अध्यक्ष उत्तम थापा लगायत माउण्ट एभरेष्टका अगुवा लायन्सकर्मीहरुले उक्त रकम प्रदान गरेकाहुन् । गोर्खा डिर्पाटमेन्ट स्टोरमा आजदेखि शुरु भएको अधिबेसनको क्रममा एक कार्यक्रमबीच सहयोग हस्ताण्तरण भएको बताइन्छ ।











