दमक /पुर्वमा पनि बिभिन्न कार्यक्रम गरेर प्राचीन भारतको अग्रोहा गणराज्यका महाराजा अग्रसेनको सम्झनामा अग्रसेन जयन्ति मनाईएको छ । मारवाडि युवा मञ्च दमकले बिहिबार मोरंगको उर्लाबारी स्थित नमुना बाल गृहमा गएर बालबालिकाहरु लाइ खाद्य सामाग्रि बितरण गर्दै महाराजा अग्रेसेनलाइ सम्झेका थिए ।

मञ्चका महाससचिब बिकाश अग्रवालका अनुसार प्रत्येक बर्ष महाराजालाइ सम्झने गरिएको छ । यो बर्ष बालगृहमा पुगेर जयन्ती मनाईएको हो । अध्यक्ष बिकाश जिन्दल लगायतका मारवाडि युवाहरुको सहभागिता रहेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
महाराजा अग्रसेन प्राचीन भारतको अग्रोहा गणराज्यका महाराजा थिए। उनी एक विद्वान, समाजसेवी र न्यायप्रेमी राजा थिए।