काठमाडौं । शीर्ष नेताबीच कुरा नमिल्दा लम्बिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तल्लो तहको एकीकरण प्रक्रिया दसैंअघि नै सकिने भएको छ । नेकपाको माथिल्लो तहमा एकिकरणपछि कार्यविभाजन भए पनि तल्लो तहका जिल्ला, प्रदेश तथा जनवर्गिय संगठनमा एकता हुन अझै बाँकी छ ।
यसअघि सचिवालयले गरेका निर्णयमा नेता माधव नेपाल समूह असन्तुष्ट बनेपछि नयाँ मापदण्ड तय गर्ने बारेमा छलफल चलेको छ । नेता सुवासचन्द्र नेम्वाङले दशैअघि विवादमिल्ने दाबी गरे । भोलि नेकपाले सचिवालय बैठक बोलाइको छ ।
उनले नेताहरुबीच आन्तरिक छलफल भइरहेको पनि बताए । नेता नेम्वाङका अनुसार सचिवालयको बैठकले मापदण्ड बनाइसकेकाले विवाद रहेका ठाउँमा छलफल गरेर टुङ्गो लगाइनेछ । वामदेव गौतमले सांसद बन्न चुनाव नलड्ने बताएपनि त्यस विषयमापनि बैठकमा छलफल हुने बताईएको छ ।










