काठमाडौँ । सरकारले यसवर्ष दशैँ बिदा कटौती गरेको छ ।

अघिल्ला वर्षको तुलनामा यसवर्ष दशैँ बिदामा तीनदिन कटौती गरिएको हो । अब घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमामा सार्वजनिक विदा हुने छैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसवर्ष फूलपातिदेखि एकादशीसम्म ५ दिनमात्र दशैँमा बिदा दिइएको छ । यसअघि दशैँ बिदा ८ दिन दिइन्थ्यो ।

मन्त्रिपरिषद्ले चैतमा बिभिन्न बिदा घटाउने क्रममा दशैँकाे बिदा समेत कटौती गरेको हो । दशैँ बिदा कटौती भएपछि टाढा घर भएकाहरुलाई समस्या परेको छ ।