दमक/झापा दमक ६ मा युवाहरुले नयाँ सोचका साथ सञ्चालन गरेको नयाँ बाटो बहुद्धेशीय सहकारी संस्था प्रगतीकोपथ तर्फ दौडन थालेको पाईएको छ । सहकारीको शुक्रबार भएको चौधो बार्षिक साधरणसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस बिषयमा सदस्यहरुलाइ जानकारी गराईएको हो ।
सहकारीले शेयर पुजी र कारोबार बृद्धि गर्दै लगेको पाईएको हो । ६० लाख ६६ हजार ९ सय शेयर पुजी पुर्याएको सहकारीले ४६ करोड ४१ लाख ५४ हजार ५ सय ५७ रुपिया निक्षेप संकलन गरेको अध्यक्ष टिकाराम खतिवडाले प्रतिबेदन पेस गरेका थिए ।
कोशाध्यक्ष अनिता खत्रीले सहकारीले अवलम्बन गर्ने नीतिहरु प्रस्ताव पेस गरेकी थिइन् । उनले अधिकतम रुपमा शेयर सदस्यहरुलाइ लाभ हुने गरी नीति लिइएको जानकारी गराइन् ।
कार्यक्रम दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालको प्रमुख आतिथ्यमा भएको थियो । ढकालले सहकारीहरुसंग सहकार्य गरेर बाणिज्य संघ अघि बढ्न चाहेको बताएका थिए ।
वडा नं. ७ का वडाध्यक्ष भीम पौड्याल, जिल्ला सहकारी संघ झापा लेखा समिति सदस्य चुणामणि ओझा, दमक जेसिजका अध्यक्ष चन्द्र खत्री, पत्रकार मञ्च दमकका निवर्तमान अध्यक्ष बिष्णुप्रसाद पोखरेल, मदिरा ब्यवसायी संघ दमकका महासचिब मुकुन्द आचार्य लगायतले शुभकामना मन्तब्य राखेका थिए ।










