काठमाडौ । भारतमा आँखा चिलायो भन्दै अस्पताल पुगेका एक ब्यक्तिको आखाँबाट लगभग १५ सेन्टिमिटर लामो जुका निकालिएको छ । उनी धेरै समय देखि आँखा दुख्ने र चिलाउने समस्याले ग्रसित भएर अस्पताल पुगे पछि उनको आँखामा जुका परेको थाहा पाएको हो । समयमा नै उक्त व्यक्तिको आँखाबाट जुका ननिकालिएको भए पिडित व्यक्तिले केहि दिनमा नै ज्योति गुमाउनु पर्ने पनि हुने सर्जरीमा संलग्न चिकित्सकले बताए ।

चिकित्सकहरुका अनुसार आँखाबाट जुका निकाल्ने भन्दा पनि उक्त जुकालाई आँखाबाट जिउँदै निकाल्नुलाई ठूलो चुनौतीको रुपमा लिइएको त्यसमा यदि जुकाको आँखामै मृत्यु भएको भए पिडित व्यक्तिको आँखामा अन्य इन्फेक्सनको जोखिम पनि हुने उनीहरुले बताए । साथै उनीहरुले गरेको यो सफल सर्जरी पछि पिडित व्यक्ति अहिले स्वस्थ रहेको र यति धेरै लामो जुका आँखाबाट निकालिएको विश्वमा सम्भवत पहिलो घटना भएको सर्जरीमा संलग्न चिकित्सकहरुले बताएका छन ।साथै अहिले यो घटनाको भिडियो सामाजिक संजालमा तथा अन्तराष्ट्रिय संचार माध्यममा भाइरल नै बनेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड