दमक/मालपोत कार्यालय दमक र नापी कार्यालय दमक घुस्याह अड्डा भएको बारम्बार सेवाग्राहीहरुले गुनासो गर्दै आएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ जनालाइ पक्राउ गरेपछि सामाजि सञ्जालमा खुसि प्रकट गरिएको छ ।

यि दुइ कार्यालयमा पैसा बेगर केहि काम नभएको भन्दै सेवाग्राहीहरुको गुनासो रहदै आएको थियो । केहि दिन अघि धार्मिक गुरु चक्रपाणि गौतमले निक्कै दुखेसो गर्दै आफ्नो स्टाटसहरु लेखेका थिए । यसरी स्टाटस लेख्नेहरुको संख्या कमी छैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यहाँ कार्यरत कर्मचारीहरुको बिषयमा सेवाग्राही आक्रोशित देखिएकाछन् । ३ जना पक्राउले यो बिषय झनै बाहिर आएको छ । घुस्याह अड्डाको रुपमा परिभाषित हुन थालेको मालपोत र नापी कार्यालयले सेवामा सुधार ल्याउन नसके जनआक्रोश बढ्ने बताउन थालिएको छ ।