दमक/दमक जेसिजले आयोजना गर्ने सप्तमी साँझमा नाइ नभन्नु ल ५ की मुख्य बालकलाकारको भूमिकामा रहेकी सेड्रिना शर्मा आउने भएकीछन् । सप्तमी साँझमा उनको बिशेष प्रस्तुती रहने जनाईएको छ ।
झापा दमककी संगम शर्माकी छोरी सेड्रिनाले पहिलो पटक अभिनित चलचित्र नाइ नभन्नु ल ५ चर्चित बनेको छ । उनको भुमिकाले दर्शकहरुको मन जितेपछि उनि एकाएक चर्चित बनेकी थिइन् ।
चलचित्रको पर्दशनपछि उनि पहिलो पटक दमक आउन लागेकीहुन् । आउदो ३० गते कस्मिक पार्टी प्यालेसमा दमक जेसिजले सप्तामी साँझ कार्यक्रमको आयोजना गरेको दमक जेसिजका अध्यक्ष चन्द्र खत्रीले बताए ।










