काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर नभएको नोट बजारमा पुगेको छ । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

दशैंको बेलामा सामाखुशीको एक सहकारी संस्थाबाट ५० रुपैयाँको नेटमा हस्ताक्षर र नम्बर नभएको फेला परेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सहकारीका कर्जा अधिकृतले १ लाख २० हजार रुपैयाँ एक फाइनान्सबट निकलेका थिए । जसमध्ये ५० रुपैयाँको नोटमा नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर र नम्बर छैन ।