झापा । हाँस्य कलाकार कुमार कट्टेल (जीग्री) र अर्जुन घिमिरे (पाँडे) ले सामाजिक कामका लागि आफ्नो कमाइको पाँच प्रतिशत र वार्षिक दश वटा कार्यक्रम गर्ने घोषणा गरेका छन् । सामाजिक कामलाई निरन्तर रुपमा अघि बढाउने उद्देश्यले उनीहरुले यस्तो घोषणा गरेका हुन् । आफ्नो कमाइको अलवा जीग्रीपाँडे प्रतिष्ठानले वार्षिक दश वटा कार्यक्रम गरेर सामाजिक कामका लागि सहयोग संकलन गर्ने उद्देश्य राखेको प्रतिष्ठानका अध्यक्ष कुमार कट्टेलले बताएका छन् ।

सामाजिक कामका लागि स्थापना गरिएको जीग्रीपाँडे प्रतिष्ठानले अहिले सप्तरीको गम्हरीया ४, प्रवाहका दृष्टिविहिन ३ परिवारका लागि घर बनाउने घोषणा गरेको छ । युवा सामाजिक अभियान्ता रमेशप्रसाद शाहको पहल र सप्तरी युथ नेपालको संयोजनमा उक्त ठाउँमा पुग्दा त्यहाँको दुरावस्थाले आफुहरुलाई केहि गर्नु पर्छ भन्ने भावना उत्पन्न भएको उनीहरुको भनाई छ । सप्तरीका तीन परिवारमा १७ जना सदस्य छन् । उनीहरुलाई पाल्ने मुख्य व्यक्तिसहित ५ जना नै दृष्टिविहिन हुँदा दैनिक गुजरा चलाउनसमेत समस्या छ । बस्नको लागि बास, शरिरमा लगाउने कपडा र खाद्यन्नको अभावमा रहेकाले उनीहरुलाई सहयोग गर्न लागिएको प्रतिष्ठानले जनाएको छ । केहि दिन अघि मात्र उनीहरुले दृष्टिविहिन परिवारका लागि लत्ताकपडा र खाद्यान्न वितरण गरेका थिए । ३० लाख रुपैँया अनुमानित लागतमा निर्माण हुने उक्त घर बालमैत्री, अपांगमैत्री र धुवाँरहित बनाइने जीग्रीपाँडे प्रतिष्ठानले जनाएको छ ।

दृष्टिविहिनका लागि घर बनाउने अभियानका लागि सहयोग गर्न प्रतिष्ठानको कृषि विकास बैंकको खाता नं. ०२१०६०११२९५९३०१२ वा प्रतिष्ठानका कोषाध्यक्ष अर्जुन घिमिरेको नाममा रेमिट्यान्समार्फत पनि सहयोग पठाउन सकिने जीग्रीपाँडे प्रतिष्ठानले जानकारी दिएको छ । यसैबीच, धुर्मुस सुन्तलीले देखाएको बाटोमा आफुहरु पनि हिँड्ने जर्मको गरेको जीग्री पाँडेले बताएका छन् । कुमार बताउँछन्, “उहाँहरुसँगको सहकार्य र ऐक्यबद्धता अहिले पनि जारी छ, त्यसबाट पाएको शिक्षाको प्रतिफलस्वरुप दृष्टिविहिन परिवारका लागि घर बनाउने आँट गरेका हौँ ।” देखासेखी वा प्रतिश्पर्धा भन्दा सामाज परिर्वतनका लागि आफुले सकेको सहयोग गर्नु हरेक नागरिकको कर्तव्य भएकाले त्यहि कर्तव्य आफुहरुले पालना गरेको प्रतिष्ठानका कोषाध्यक्ष अर्जुन घिमिरेको भनाई छ । यो कामका लागि सहयोगी हातहरुको साथ आवश्यक रहेकोले सहयोगका लागि प्रतिष्ठानले सबै समक्ष अपिल गर्दै भिडियो सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah