पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा डिजेल बोकेको ट्याङ्कर दुर्घटना भएको छ।

पूर्वबाट पश्चिमतिर आउँदै गरेको ना ५ ख १०१४ नम्बरको ट्याङ्कर शनिबार बिहान अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

डिजेल बोकेको ट्याङ्कर दुर्घटना भए पनि कुनै क्षति भएको छैन र ठूलो क्षति हुनबाट जोगिएको छ। ट्याङ्कर दुर्घटना भएर सडकमा पल्टिएको थियो भने सवै डिजेल सडकमा पोखिएको थियो।

तिब्र गतिमा रहेको उक्त ट्याङक अनियन्त्रित भई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक किसनसिंह ठकुरीले बताए।

दुर्घटनापछि चालक टीकापुर, नगरपालिकाका हरिलाल चौधरी फरार छन भने सह–चालक रामस्वरुप चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।