काठमाडौं, असोज २७
नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको ‘क्लिनिकल्ली डेथ’ भएको छ । नेता बाँस्तोलाको शनिबार ‘क्लिनिकल्ली डेथ’ भएको हो । न्यूरो अस्पतालले नेता बाँस्तोलालाई ‘क्लिनिकल्ली डेथ’ भनेको छ तर खुमलटारस्थित बाँस्तोला निवासले भनेे उनको निधनबारे आधिकारिक जानकारी दिएको छैन ।
२०६९ पुस १४ गते मोरङ विराटचोकको कुलपूजामा भाग लिँदैगर्दा ७४ वर्षीय नेता बाँस्तोलालाई मस्तिष्काघात (ब्रेन ह्यामरेज) भएको थियो । त्यसयता उनी अचेतको अचेत ढलिरहेका थिए । कहिले सिलिगुडी, कहिले मेदान्त अस्पताल गुडगाँव, कहिले न्युरो अस्पताल बाँसबारी र पछिल्लो समय घरैमा उनको उपचार गरिएको थियो ।
कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाका विश्वास पात्र रहेका बास्तोला कांग्रेसका पुराना नेता हुन्। बास्तोला पूर्व परराष्ट्रमन्त्री, भारतका लागि नेपाली पूर्वराजदूत, कांग्रेसका पूर्व केन्द्रीय सदस्य हुन्। नेता बास्तोलालाई अघिल्लो महिनामात्रै प्रजातन्त्र स्थापनाको संघर्षमा महत्वपूर्ण योगदान दिए बापत बीपी कोइराला स्मृति ट्रष्टले यस वर्षको सेनानी सम्मान पुरस्कार प्रदान गरेको थियो। जनताटाइम्सबाट साभार










