दमक/लायन्स क्लव अफ दमक इस्टर्न लाइन आज रक्तदान कार्यक्रम गरेको छ । मानवीय सेवामा क्रियाशिल क्लवले संगम स्वीटसको हाताभित्र रक्तदान गरेको हो । क्लवका अध्यक्ष बिमल शर्माका अनुसार ५४ जनाले रक्तदान गरेकाछन् ।
नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाका रक्तसञ्चार प्रमुख सिद्धार्थ दाहालको प्राविधिक टोलीले रक्तदानमा सहयोग पुर्याएको जनाईएको छ । आगामि दिनहरुमा समेत यस कार्यलाइ निरन्तरता दिने क्लवले जनाएको छ ।











