काठमाडौं – बिरामीको उपचारमा सक्रिय रहेका एक डाक्टरलाई पूर्वसांसद दिवान सिंह विष्टले आक्रमण गरेका छन्। कञ्चनपुरको बेलौरीमा रहेको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डा अमित पण्डितलाई सिंहले हमला गरेका हुन्।

नेपाल चिकित्सक संघका महासचिव डा लोचन कार्कीले डा पण्डितमाथि आक्रमण गर्नेलाई कारबाहीको दायरामा ल्याउनु पर्ने बताए। ‘नेतृत्वदायी भूमिकामा रहेका व्यक्तिबाट नै डाक्टरमाथि सांघातिक हमला भएको छ,’ उनले भने, ‘यो एकदमै निन्दनीय र लज्जास्पद घटना हो। डाक्टरमाथि आक्रमण गर्नेलाई कानूनी दायरामा ल्याउनुपर्छ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महासचिव डा कार्कीका अनुसार डा पण्डितमाथि शुक्रबार बिहान आक्रमण भएको हो। बिरामीलाई अक्सिजन दिई उपचार गरिरहेका पण्डितले थप उपचारका लागि धनगढी लैजान सुझाब दिएका थिए। डा पण्डितको सल्लाह अनुसार नै रिफर गर्न लागिएको अवस्थामा पूर्वसांसद विष्टले डा पण्डितमाथि सांघतकि हमला गरेका हुन्।

घटनापछि संघले विज्ञप्ति जारी गर्दै दोषिमाथि कारबाहीको माग गरेको छ।

‘स्वास्थ्य संस्था जस्तो संवेदनशिल क्षेत्रमा चिकित्सक माथी नै आक्रमण गर्ने जुनसुकै ओहदाका व्यक्तिहरु नै किन नहुन त्यस्ता अमानवीय कार्यमा संलग्न दोषीमाथी अबिलम्ब छानबिन गरी कानूनी दायरामा ल्याउन नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालय प्रदेश सरकार एवं स्थानीय सुरक्षा निकाय समक्ष जोडदार माग गर्दछ,' संघद्वारा जारी विज्ञप्तीमा भनिएको छ, 'उक्त घटनाका सम्बन्धमा संघको धनगढी शाखाबाट हुने कुनै विरोधका कार्यक्रममा नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालयको ऐक्यबद्धता रहने व्यहोरा समेत जानकारी गराइन्छ।'