दमक झापाको दमक नगरपालिकाले बनाएको यातायात ब्यवस्थापन समिति र इलाका ट्राफिक प्रहरी कार्यालयसंग सहकार्य गर्दै लायन्स क्लव अफ दमक माउण्ट एभरेष्ट र युनाइटेडले संयुक्त रुपमा दुर्घटना न्यूनिकरणको अभियानमा सहयोग गर्न शुरु गरेकाछन् ।

माउण्ट एभरेष्टका अध्यक्ष चन्द्र गजमेरका अनुसार ट्राफिक प्रहरीले दमकमा जेब्रा क्रस बनाउन उपयुक्त ठ्हरयाएका ठाँउमा जेब्रा क्रस बनाउन थालिएको छ । वडा अध्यक्षहरु सहित भएको छलफलले औल्याइएका १५ स्थानभन्दा बढि स्थानहरुमा जेब्राक्रस बनाइएने र पुर्वपश्चिम राजमार्गको ताराबारीबाट त्यो काम शुरु गरिएको समेत गजमेरले बताए ।

युुनाइटेडका अध्यक्ष उत्तम थापाका अनुसार एकदुइ ठाँउमात्र नभएर आवश्यक सबै ठाँउमा सकेसम्म दशै अगावै जेब्रा क्रस बनाउने अभियान थालिएको हो । पुर्व पश्चिम राजमार्गमात्र नभएर भित्रि बजारका सडकहरुमा समेत आवश्यकताको आधारमा जेब्रा क्रस बनाइने छ ।











