बिष्णुप्रसाद पोखरेल/केदार पौड्याल

दमक/आर्थिक अभावका कारण उपचारमा समस्या भोग्दै आएकी कलेजो रोगको पीडित दमक १ की ३८ बर्षिया सुबित्रामाया योङहाङको जाँच तथा बिशेषज्ञलाइ देखाउने काम भएको छ । सवाल नेपाल डिजिटल अनलाइन पत्रिकाको पहलमा दमक फार्मेसीले जाँच तथा उपचारमा सहयोग गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमक फार्मेसीका सञ्चालक धु्रव सुवेदीले दमक फार्मेसीमा कलेजो सम्बन्धिको जाँच र आवश्यक सहयोग गरिएको बताएकाछन् । उनले आवश्यक औषधि समेत निशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

बीर अस्पतालका कलेजो रोग बिशेषज्ञ डा. बिकास जैसीले जाँच गरेकाहुन् । डा. जैसीका अनुसार योङहाङको ८० प्रतिशतभन्दा बढि कलेजो काम नलाग्ने भएको छ । यो अधिक रक्सि सेवनका कारण भएको समेत उनले जनाए । अब थप बिग्रन नदिन आवश्यक उपचार गरिने उनले बताए ।

https://www.youtube.com/watch?v=bxSS8_hXMbo&feature=youtu.be

योङहाङको एक सानी छोरी रहेकीछन् । छोरी श्रीमान हिडेको १ महिनापछि जन्मिएकीहुन् । उनले आफ्नो बाबु देख्न पाएकीछैनन् । आर्थिक अभावले उपचार नपाएको भन्दै उनको सामाजिक सञ्जालहरुमा फोटो सार्वजनिक भएपछि सहयोग जुटन शुरु गरेको छ ।

दमकका सामाजिक तथा राजनीतिक युवा शंकर बस्नेत, जीबनचक्र नेपाल समाजका अध्यक्ष गणेश गौतम लगायतले पनि उपचार तथा सहयोग जुटाउनका लागि महत्वपुर्ण भुमिका खेल्दै आएकाछन् ।

निशुल्क रुपमा जाँच तथा औषधि प्रदान गर्ने दमक फार्मेसीका सञ्चालक सुबेदी, जाँच तथा आवश्यक सहयोगका लागि तदारुकता देखाउन डा. बिकास जैसीप्रति सवाल नेपाल अनलाइन डिजिटल पत्रिका आभार प्रकट गर्दछ ।

https://www.youtube.com/watch?v=bxSS8_hXMbo&feature=youtu.be