काठमाडौ । यो बर्षको बडादशैँको मुख्य दिनमा नेपाली सेनाले सर्वसाधारणका लागि निशुल्क बस सेवा दिने भएको छ । अधिकांश बस काठमाडौ बाहिर जाने तथा चालक समेत टिका थाप्न आफन्तसँग जाने हुँदा त्यो दिन अत्यन्तै न्युन मात्रामा सार्वजनिक बस चल्दछन्।

उक्त समय २०७५ कार्तिक ०२ गते बिजया दशमीका दिन काठमाडौं उपत्यका भित्र बस सेवा दिने नेपाली सेनाले जनाएको छ। २ गते सार्वजनिक सवारी साधन न्यून मात्र चल्ने भएकोले सैनिक तथा गैह्र सैनिक व्यक्तिहरुको आवागमनमा सुविधा पु¥याउने उद्देश्यले उक्त दिन निम्न लिखित ८ वटा रुटहरुमा बिहान ७ बजे, ११ बजे र दिउँसो ३ बजे भद्रकालीबाट ३० सिट क्षमताको १÷१ वटा बस निःशुल्क सञ्चालन गर्न मिलाईएको सैनिक जनसम्र्पक निर्देशनालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रुट नं.१— भद्रकाली, माईतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, किर्तिपुर, कलङ्की, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क । रुट नं.२— भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानिलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माईतीघर । रुट नं.३— भद्रकाली, माईतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, थानकोट, स्वयम्भु, छाउनी (अस्पताल), ताहाचल, टेकु, थापाथली । रुट नं.४— भद्रकाली, माईतीघर, बानेश्वर, तिनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली । रुट नं.५— भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तिनकुने, बानेश्वर, शहिदगेट । रुट नं.६— भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली । रुट नं.७— भद्रकाली, माईतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामङ्गल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माईतीघर, भद्रकाली । रुट नं.८— भद्रकाली, माईतीघर, कोटेश्वर, सातदोबाटो, कलङ्की, बालाजु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली । त्यसैगरी, बडादशैं २०७५ को उपलक्ष्यमा घर बिदामा जाने सकलदर्जा तथा निजहरुको आश्रित परिवारहरुको हितको लागि नेपाली सेनाले मिति २०७५ असोज २५ गतेबाट असोज ३१ गतेसम्म काठमाण्डौंबाट दोलखा, इटहरी, धनगढी, लमजुङ्ग, रामेछाप, पोखरा, बुटवल, गोरखा, धादिङ÷त्रिशुली, चौतारा, हेटौडा, नारायणगढ र सिराहा–राजविराज जाने तथा उपत्यका भित्र आउने गरी निःशुल्क बस सेवा सञ्चालन भईरहेको छ ।

उक्त बसहरु सम्बन्धित स्थानबाट प्रत्येक दिनको बिहान साढे ६ बजे छुट्ने र प्रति सैनिक व्यक्ति (परिवारसहित) बढीमा ५ जनाले सुविधा लिन पाउने व्यवस्था मिलाईएको छ ।