गोदावरी नगरपालिका भवनको शिलान्यास भएको छ । प्रतिनिधिसभा सदस्य नवराज सिलवालले आज यहाँ आयोजित कार्यक्रममा भवनको शिलान्यास गर्दै ललितपुर जिल्लाको क्षेत्र नं १ काठमाण्डु उपत्यकाकै सबैभन्दा विकट क्षेत्र भएको तर सिंहदरबारले टाढा सम्झँदा अझै विकासका हिसाबले पछि परिरहेको बताए ।

प्रदेशसभा सदस्य चेतनाथ सञ्जेलले स्थानीय सरकारले जनतालाई बढी आवश्यक भएका क्षेत्रमा पहिले काम गर्नुपर्नेमा जोड दिए । पूर्वसांसद मदनबहादर अमात्यले ग्रामीण क्षेत्रमा सडक विस्तार हुँदै जाँदा धेरै जग्गा भूमाफियाको स्वामित्वमा गएको बताए । नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले भवन निर्माण समयमै सकिने विश्वास व्यक्त गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भवन निर्माणका लागि नगरपालिकाले तुलसीभक्त ड्रागन जेभीसँग ठेक्का सम्झौता गरेको छ । रु २१ करोड ४५ लाख ५६ हजार ६१ बजेटमा निर्माण हुन लागेको भवन सम्झौता भएको मितिले दुई वर्षमा सकिने नगरपालिकाले जनाएको छ । भवन बन्न लागेको जग्गा झण्डै साढे छ रोपनी छ । यसअघि कार्यालयका लागि भवन नहुँदा भाडाका भवनबाट नै नगरपालिकाका सबै काम सञ्चालन हुँदै आएको छ ।