काठमाडौं । संघिय सरकारलाई चुनौती दिदै प्रदेश नं २ को सरकारले छुट्टै प्रहरी फोर्स बनाउने प्रक्रिया अगाडी बढाएको छ । यसअघि पनि प्रदेश सरकारले प्रक्रिया अगाडी बढाएकोमा केन्द्र सरकारले हस्तक्षेप गरेको थियो । प्रदेश नम्बर २ को प्रदेशसभाले शनिवार प्रदेश प्रहरीसम्बन्धी विधेयक पारित गरेपछि प्रदेश सरकारले आफ्नै प्रहरी भर्ना गर्ने बाटो खुल्न लागेको हो ।

प्रदेश सरकारले सबैभन्दा ठूलो चासो प्रहरी भर्नामा राख्दै आएको थियो । विपक्षी दलले चाहिँ प्रक्रिया मिचेर विधेयक पारित गरिएको प्रदेश सरकारमाथि आरोप लगाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टीको विरोधका बाबजुद प्रदेश प्रहरी विधेयक पारित भएपछि प्रहरी भर्ना गर्न प्रदेश सरकारका लागि मार्ग प्रशस्त भएको छ।

प्रहरीविहीन प्रदेश सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको बताउँदै प्रदेश प्रहरी विधेयक आवश्यक रहेको मुख्यमन्त्री मो लालबाबु राउतले पटक पटक भन्दै आएका थिए । मुख्यमन्त्री राउतको प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौतीका रुपमा हेरिएको छ ।

संघीय प्रहरीको प्रमुख प्रहरी महानिरीक्षक रहेजस्तै प्रदेशमा पनि प्रहरी महानिरीक्षक लगायतका पद सिर्जना गरिएको छ। संविधान अनुसार शान्ति सुरक्षाको जिम्मेवारी प्रदेश सरकारको भएकाले प्रहरी आवश्यक रहेको मुख्यमन्त्री राउतको तर्क छ। विधेयक पारित भएसँगै प्रदेश प्रहरी अस्तित्वमा आए संघीय प्रहरीसितको तालमेल बिग्रने सक्ने विज्ञहरुले बताएका छन् ।