सोलुखुम्बु । बालिकालाई करणी गरेको आरोपमा सोलुखुम्बुबाट एक जना शिक्षक पक्राउ परेका छन् । सोलुको खुम्बु पासाङल्हामु गाउँपालिका ४ की ९ बर्षीया बालिकालाई करणी गरेको आरोपमा मोरङ रतुवामाई नगरपालिका ९ घर भइ हाल सोलुखुम्बुको हिमालय आधारभूत बिद्यालयका शिक्षक ५५ बर्षीय मोहन घिमिरे पक्राउ परेको प्रहरीले जनाएको छ ।
घिमिरेले बालिकालाई आफू सुत्ने क्वाटरमा बोलाएर ललाई फकाई, धाक धम्की देखाएर करणी गरेको पीडितका आमाले उजुरी दिएको आधारमा इलाका प्रहरी कार्यालय नाम्चेबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।
प्रहरीले बालिकालाई उद्धार गरी परिक्षणको लागि जिल्ला अस्पताल सोलुखुम्बुमा पठाइएको छ, भने घिमिरेलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










