जुम्लामा हावाबाट बिजुली उत्पादन सुरु भएको छ। तातोपानी गाउँपालिका–२ डाँगीवाडामा हावाबाट विद्युत् निकाल्ने योजनाले मूर्तरुप पाएको हो।

अँध्यारोमा रहँदै आएका स्थानीय गाउँले हावाबाट निस्केको बिजुलीले गाउँ झिलिमिली भएकोमा हर्षित छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उच्च हिमाली भेगमा हावाकाे गति बढी हुनेगर्छ। हावाकाे गति तीब्र भएकाे ठाउँमा हावाबाट बिजुली उत्पादन गर्न सकिन्छ। नेपालका अन्य भूभागमा पनि हावाबाट बिजुली उत्पादनका लागि अध्ययन भइरहेका छन्। रासस