काठमाडौ । पाकिस्तानको कानुनले अशिक्षित व्यक्ति पनि प्रधानमन्त्री वा राष्ट्रपति बन्न पाउने अधिकार दिएको छ । तर, अन्य सामान्य पिहुनको जागिर गर्नको लागि भने पढाई लेखाइको मापदण्ड राखिएको छ ।त्यहाका यस्ता थुप्रै कानुनहरु रहेको छन जसले विश्वलाइ नै चकित पारेको छ । जहा पाकिस्तानले त्यहाका जनतालाइ धेरै कडा र अप्ठयारोका साथसाथै नियन्त्रण समेत गरेको छ ।
जुन कानुनहरु क्रमस रहेका छन ,
जर्हाँ विद्यार्थीले पढेवापत ५ प्रतिशतका दरले २ वर्षामा २ लाख भन्दा बढीको कर तिर्नु पर्ने कानुन बनेको छ ।त्यस्तै पाकिस्तानले आफ्नो कुनै पनि नागरिकलाई इजरायल जानको लागि भिजा अनुमति दिंदैन । त्यसै कारण कुनै पनि पाकिस्तानी नागरिक सिधै इजरायल जान पाउदैनन । किनभने पाकिस्तानले इजरायल देश नै मान्दैन ।त्यसैगरी प्रधानमन्त्रीका बारेमा व्यंग्य गर्न या कुनै पनि कुरा लेख्न र भन्न नपाईने कानूनी व्यवस्था रहेको छ। यदि कसैले भूलवस पनि आफ्ना प्रधानमन्त्रीका बारेमा बोलेमा पनि ठुलो जरिमाना तिर्नु पर्ने हुन्छ ।त्यस्तै अर्को रहेको छ , यहा नेपालमा जस्तो विवाह भन्दा पहिले कुनै पनि केटा या केटीसँगै हिड्नु (प्रेम जोडी बनेर)हिडनु गैरकानुनी हो ।त्यसैगरी पाकिस्तानको सेनामा तेस्रो लिङ्गीलाई भर्ना नलिने प्रावधान रहेको छ ।
त्यस्तै यहाँका कुनै पनि अरबी शब्दहरु जस्तै, अल्लाह, मस्जिद, रसूल र नबी जस्ता शब्दलाई अंग्रेजी अनुवाद गर्नु गैरकानूनी मानिन्छ । त्यसैले यी शब्दको अनुवाद गरेमा गैरकानुनी हुनेछ ।साथै यहाँ गलत र आल्टू फाल्टु (स्पाम) मेसेज पठाएकोे पाईएमा १० लाख सम्मको जरिमाना तिर्नु पर्ने कानुन रहेको छ । त्यसैगरी अर्को रहेको छ , रमजानको महिनामा पाकिस्तानमा घर बाहिरको खाना खान नपाइने । त्यो गैर मुस्लिम छ भने पनि यो नियम पालना गर्नै पर्ने ब्यवस्था रहेको छ र कसैको अनुमति बिना कसैको फोन ब्लफ कल गरेमा या बकवास कुरा गरेर दुखलाई गैरकानुनी नै मानिन्छ। जसको लागि छ महिना सम्मको जेल सजाय पनि हुन सक्ने ब्यस्था रहेको छ । यस्ता कडा भन्दा कडा कानुन भएकाले पाकिस्थानमा नराम्रा तथा गैरकानुनी काम कमै हुने गर्दछन ।










