काठमाडौं, २९ असोज ।
दशैंमा प्रहरीले तीन दिन उपत्यकामा निशुल्क बस सेवा दिने भएको छ । अष्टमी, नवमी र विजयादशमीको दिन प्रहरीले निशुल्क बस सेवा दिन लागेको हो ।
दशैंको बेला उपत्यकामा थोरै मात्र सार्वजनिक यातायात चल्ने भएकाले प्रहरीले सर्वसाधरणका लागि बस सेवा दिन लागेको हो ।
सेनाले पनि विजयादशमीको दिन उपत्यकामा निशुल्क बस सेवा दिने छ ।










