झापा । चाडपर्वमा हुने सम्भावित घटनालाई लक्षित गर्दै झापाका सीमावर्ती नाकासहित विभिन्न बजार क्षेत्रमा प्रहरीले ‘डग स्निफिङ’ सुरु गरेको छ । प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगर अन्तरगतको कुकर शाखा धरानबाट ल्याइएको तालिम प्राप्त सीमा नामका डगलाई प्रयोग गरी प्रहरीले झापामा चेकजाँच तिव्र बनाइएको प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले भारतसंगको जोडिएको सीमावर्ती क्षेत्र भद्रपुर र काँकडभिट्टासहित मुख्य बजार क्षेत्र दमक, बिर्तामोड लगायत स्थानमा चेकजाँच गरिरहेको झापा प्रहरी प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए । अनुसार तालिम प्राप्त डगले विस्फोटक पदार्थ पत्ता लगाउने उनले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नाकामा विस्फोटक पदार्थ भित्राउने वा भित्राइसकेका विस्फोटक पदार्थलाई डगको सहायतामा बरामद गर्न सकिने बताइएको छ । धरानबाट प्रहरी नायव निरीक्षक दयानन्द श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय प्रहरी टोली डगलाई लिएर झापा आएको हो । शनिबार झापाको पूर्वी नाका काँकरभिट्टा, भद्रपुर बिर्तामोड लगायतका क्षेत्रमा सो डग परिचालन गरिएको थियो ।