हिसार । सन् २०१४ मा भएको हिंसाको घटनामा दोषी ठहर भएका सतलोक आश्रमका सञ्चालक रामपाललाई जन्मकैदको सजाय सुनाईएको छ ।
हिसार अदालतले रामपालसँगै अन्य १५ जनाविरुद्ध पनि फैसला गरेको छ ।
रामपालमाथि अहिले भने दुई वटा हत्याको घटनामा सजाय सुनाइएको हो । योसँगै रामपाललाई एक लाख रुपैयाँ जरिवाना पनि तोकिएको छ ।
सन् २०१४ मा सतलोक आश्रममा प्रहरी र रामपाल समर्थकबीच झडप भएको थियो । उक्त झडपमा ५ महिला र एक बालकको मृत्यु भएको थियो । त्यसपछि आश्रम सञ्चालक रामपालमाथि हत्याका दुई मुद्दा दर्ता गरिएका थिए ।










