काठमाडौं–पूर्वराजा ज्ञानेन्द्र शाहले दशैंको शुभकामना दिएका छन् । शाहले मंगलबार एक शुभकामना सन्देश जारी गर्दै देश भित्र र देश बाहिर रहे बसेका सबै नेपालीहरुमा शान्ति, सूख र सम्वृद्धिको कामना व्यक्त गरेका छन् ।
शुभकामना सन्न्देशमा शाहले राजनीतिक परिवर्तनको नाममा समेटिएका असामयिक तथा असान्दर्भिक कार्यसुचीहरुका कारण देश कसरी बचाउने भन्ने चिन्ताजनक अवस्थामा आइपुगेका उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘हरेक उपलव्धिहरु परिवर्तन हून् तर हरेक परिवर्तनहरु उपलव्धिमुलक बन्न सक्दारहेनछन् भन्ने पूष्टि विद्यमान अवस्थाले देखाइरहेको छ । आज नेपालीबीचको सामाजिक सद्भाव मेटिदैछ भने तराई, पहाड र हिमाल माझको एक्यभाव तोड्ने भगिरथ प्रयत्न समेत भइरहेको छ । अव समीक्षा र आत्मूल्यांकनको घडी आएको छ ।
उलले अब आफैलाई साक्षी राखेर देश र देशबासीका पक्षमा केही गर्ने प्रण गर्न आह्वान समेत शुभकामना सन्देशमार्फत गरेका छन् ।











