सहबान अन्सारी

नवलपरासीको सरावल गाऊपालिका वडा ४ गोबरहियामा दशै,दिपावली,तथा छठ पर्वको अवसरमा शुभकामना तथा बनभोज कार्यक्रम आज सम्पन्न भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भोजपुरी पत्रकार हकहित संरक्षण संस्था नवलपरासीको आयोजनामा अायोजीत कार्यक्रममा उमेश बिक को अध्यक्षता तथा नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नं २ का सांसद तथा पुर्व गृहराज्य मन्त्रि देवेन्द्र राज कन्डेल को प्रमुख अथित्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अथिति कन्डेलले भोजपुरी भाषा र सांस्कृतीको जगेर्ना गर्न आवश्यक रहेको बताऊनु भयो ।

साथै स्थानिय भाषालाई प्राथमिकता दिन जरुरी रहेको र त्यसको संरक्षण र सम्बर्धन गर्न् कुरामा जोड दिनु भएको थियो । कार्यक्रममा सरावल गाऊपालिका प्रमुख राधेश्याम चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य पुरषोत्तम सुबेदी, बृजराज कुश्वाहा, देशबन्धु यादव, नन्दु यादव, जितेन्द्र गुप्ता, सिकेन्द्र साहनी, लगायतले शुभकामना मन्तब्य राख्नु भएको कार्यक्रमको संचालन रंजित शर्माले गर्नु भएको थियो ।